नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले उद्घाटन गरेको सलोन महिला र पुरुष दुबैलाई लक्षित गर्दै खुलेको हो ।
दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालन गर्नेछिन् लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने उनको भनाइ छ । उनले मेकअपबारे विभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम समेत लिएकी छिन् ।
इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् ।
सेवा शुभारम्भको अवसरमा इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा एक महिनासम्म २५ प्रतिशत छुटको अफर ल्याएको छ ।
यस्तै हबले मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ ।
यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रवृत्ति दिईने सञ्चालक तामाङको भनाइ छ।
‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’
हाल सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।
इनस्टाइल ब्युटी हबको उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेती, प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक टिकाराम ढकाल, कल्याण, पुर्नस्थापना तथा सञ्चार शाखाका निर्देशक सुशील प्रसाद आचार्य, माला ब्युटि असेसर्स एशोसियसन नेपालका अध्यक्ष बिमला रिजालको उपस्थिीति रहेको थियो ।
इनस्टाइल ब्युटी हबको उद्घाटनमा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वल्ड २०२४’ की विजेता डाक्टर डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो ।
‘मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ ।’ सञ्चारकर्मीसँग रेखाले भनिन्, ‘पछिल्लो समय महिलाहरु सुन्दरताका बारेमा अझ सचेत भएका छन् ।’
कार्यक्रममा ‘मिसेज नेपाल वल्ड’ का आयोजक निशु झा, अश्विन झा लगायत नायिक गजित बिष्ट, निर्देशक सौगात बिष्ट तथा कलाकार सुबोध गौतम, कुमार कार्कीको उपस्थिति थियो ।