काठमाडौंको नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा ‘इनस्टाइल ब्युटी हब’ सञ्चालनमा आएको छ । दुबईमा एक दशक भन्दा बढी काम गरेर फर्किएकी लक्ष्मी तामाङले सोमबारदेखि सलोन सञ्चालनमा ल्याएकी हुन् ।

महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबको नायिका रेखा थापाले उदघाटन गरेकी छिन् । यसको निर्देशक इन्द्र तामाङ र राज कार्की छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीप स्वदेशमा उपयोग गर्ने बताइन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रियस्तरका तालिम लिएकी छिन् ।

इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअपसम्बन्धी तालिममा ५० प्रतिशतसम्म छुटको घोषणा गरिएको छ । यस्तै वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिइने सञ्चालक तामाङले जानकारी दिइन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ’, तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’ हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।

इनस्टाइल ब्युटी हबको उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेती, प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक टीकाराम ढकाल, कल्याण, पुनः स्थापना तथा सञ्चार शाखाका निर्देशक सुशीलप्रसाद आचार्य, माला ब्युटी असेसर्स एशोसियसन नेपालका अध्यक्ष बिमला रिजालको उपस्थिति थियो ।

इनस्टाइल ब्युटी हबको उद्घाटनमा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डा. डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो । ‘मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ’, नायिका रेखा थापाले भनिन्, ‘पछिल्लो समय महिलाहरु सुन्दरताबारेमा अझ सचेत छन् ।’ कार्यक्रममा ‘मिसेज नेपाल वल्र्ड’ का आयोजक निशु झा, अश्विन झालगायत नायक गजित बिष्ट, निर्देशक सौगात बिष्ट तथा कलाकार सुबोध गौतम, कुमार कार्कीको उपस्थिति थियो ।

https://nayapage.com/archives/600060?fbclid=IwZXh0bgNhZW0CMTEAAR3FPhYInRJfUcwZY7iEyEgL6_cZYQgZIByZq6zj-TsIKSGuYRcxgjg4S9U_aem_OgAcnu2iONVn46811ZvpmQ